Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

इलाम नगरपालिकामा कांग्रेसका उम्मेदवार थापा विजयी

इलाम : इलाम नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार केदार थापा विजयी भएका छन्।

उनले १३ हजार ११५ मत प्राप्त गरे। मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धिरेन चेम्जोङले १० हजार ५८७ मत ल्याए।

उपप्रमुखमा कांग्रेसकै विष्णु दाहालले जित हासिल गरिन्। उनले १३ हजार ५४२ मत प्राप्त गरिन्। उनकी प्रतिद्वन्द्वी एमालेकी सीतादेवी रिजालले १० हजार ८८ मत ल्याएकी छन्।

१२ वटा वडा रहेको इलाममा ९ वटामा कांग्रेसले वडाध्यक्ष जितेको छ भने ३ वटामा एमाले विजयी भएको छ।

यो नगरपालिकामाकांग्रेसले ३० वर्षपछि विरासत फर्काएको हो। २०४९ सालको स्थानीय निकायको निर्वाचनमा कांग्रेसले इलाम नगरपालिकामा जित हासिल गरेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP