Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

६१८ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक, कुन पार्टीले कति जिते ?

काठमाडौं : स्थानीय निर्वाचन अन्तरगत मतगणना जारी छ। ८ दिनदेखि जारी मत गणनामा अहिलेसम्म ६ सय १८ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ। 

पछिल्लो परिणाम अनुसार कांग्रेसले २ सय ७४ स्थानमा जित हासिल गरेको छ भने उसले ४९ ठाउँमा अग्रता लिएको छ। कांग्रेसले ललितपुर र विराटनगर महानगरमा अग्रता लिएको छ।  

दोस्रो स्थानमा रहेको एमालेले दाङको घोराही उपमहानगर सहित १ सय ७० स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ। उसले २८ ठाउँमा अग्रता लिएको छ। यस्तै माओवादी केन्द्रले जितपुरसिमरा उपमहानगर सहित १ सय १० ठाउँमा जित हासिल गरेको छ भने १४ स्थानीय तहमा अग्रता लिएको छ।

जनता समाजवादी पार्टीले २० ठाउँमा जित निकालेको छ भने १२ ठाँउमा अगाडी रहेको छ। पाँचौं स्थानमा रहेको नेकपा एकीकृत समाजवादीले १४ ठाउँमा जितेको छ। समाजवादी पोखरा महानगर र हेटौंडा उपमहानगरमा अगाडि रहँदै अन्य ३ ठाउँमा अग्रस्थानमा छ। यसै गरी ८ ठाउँमा बागी र स्वतन्त्र उम्मेदवारले जितेका छन्। स्वतन्त्र उम्मेदवार बालेन्द्र साह काठमाडौं महानगरमा एमाले र कांग्रेसका उम्मेदवार भन्दा दोब्बरले अग्रता लिइरहेका छन्। 
लोकतान्त्रिक समाजवादीले ७ ठाउँमा जित निकाल्दा ८ ठाउँमा अग्रता लिएको छ। 

जनमोर्चाले चार ठाउँमा जितेको छ। यस्तै राप्रपाले ३ ठाउँमा जित निकाल्दा १ ठाउँमा अग्रता लिएको छ।  रेशम चौधरीको पार्टी नागरिक जनमुक्तिले ३ ठाउँमा जित निकाल्दा १ ठाउँमा अगाडि छ। त्यसै गरी सिके राउतको पार्टी जनमत पार्टीले २ ठाउँमा जित निकालेको छ। 

यस्तै हृदयश त्रिपाठीको पार्टी तराइ-मधेश लोकतान्त्रिक पार्टीले १ ठाउँमा जित निकालेको छ। नेपाल मजदुर किसान पार्टीले १ ठाउँमा जितेको छ। नारायणमान बिजुक्छेले नेतृत्व गरेको यो पार्टीले भक्तपुरमा भारी मतान्तरले विजयी भएको हो। भक्तपुर नगरपालिकाको मेयरमा सुनिल प्रजापतिले जित्दा अरु सबै उम्मेदवारको जमानत जफत भएको छ। यस्तै विवेकशील साझा पार्टीले एक ठाउँमा जितेको छ। 

अहिलेसम्म ६ महानगर र ९ उपमहानगरकाे नतिजा भने अझै आइसकेको छैन्। 

वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा ६५ दलका उम्मेदवार र स्वतन्त्र सहित १ लाख ४५ हजार उम्मेदवार मैदानमा थिए। ती मध्येबाट ७ सय ७३ स्थानीय तहमा ३५ हजार २ सय २१ जनप्रतिनिधि चुनिने छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP