Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जित्यो

काठमाडौं : म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि  जितेको छ। गएराति भएको सिजनको आफ्नो अन्तिम खेलमा एस्टन भिल्लासँग ३–२ गोल अन्तरले हराउँदै सिटीले उपाधि रक्षा गरेको हो। 

सिटीले छैटौं पटक प्रिमियर लिगको उपाधि जितेको हो। अघिल्लो सिजनमा पनि उपाधि सिटीकै पोल्टामा गएको थियो।  यस्तै पेप ग्वार्डीओलाको नेतृत्वमा सिटीले चौंथो पटक उपाधि जितेको हो।

घरेलु मैदानमा दुई गोलको अग्रता उल्टाएर सिटीले जित निकालेको हो। खेलको ३७ औं मिनेटमा म्याटि क्यासले गोल गर्दै एस्टनलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको ६९ औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दा एस्टन २–० ले अघि रह्यो। तर, इल्के गुन्डोगान चम्किएपछि सिटीले उत्कृष्ट पुनरागमन गर्यो।

खेलको ७६ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई २–१ को स्थितिमा ल्याए। ७८ औं मिनेटमा रोड्रीले गोल गर्दा सिटीले खेल २–२ को बराबरीमा ल्यायो।

त्यसपछि खेलको ८१ औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ३–२ को जित दिलाए। जितसँगै सिटीले ३८ खेलमा ९३ अंक जोड्यो। सिटीले दोस्रो स्थानको लिभरपुललाई १ अंकले पछि पार्दै उपाधि जितेको हो। गएराति नै भएको अर्को खेलमा लिभरपुलले  उल्भ्सलाई ३–१ ले हरायो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP