Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

खुला दौड प्रतियोगिताको उपाधि कपिलवस्तुका अजयले जिते

बुटवल : गणतन्त्र दिवस २०७९ को पूर्वसन्ध्यामा बुटवलमा आयोजित खुला दौड प्रतियोगिता (रोड रेस) को उपाधि कपिलवस्तुका अजय पाण्डे र घोराहीकी अनिषा चौधरीले पाएका छन् । लुम्बिनी प्रदेशको शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय र लुम्बिनी प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा शनिबार पाँच किलोमिटर खुल्ला दौड प्रतियोगिता आयोजना भएको थियो ।

कपिलवस्तु वाणगंगा बहुमुखी क्याम्पसका पाण्डेले १६ मिनेट ३० सेकेन्डमा पाच किलोमिटरको दुरी पार गरेका थिए । प्रतियोगितामा नवीन औद्योगिक माविमा ११ कक्षामा अध्ययरत प्रशान्त थापा दोस्रो भए । उनले सो दुरी १७ मिनेट ४२ सेकेन्डमा पार गरेका थिए । कालिका मानवज्ञानका राजन बलाल थापा प्रतियोगितामा तेस्रो भए । उनले १८ मिनेट १२ सेकेन्डमा दुरी पार गरेका थिए ।

यसैगरी महिलातर्फ दाङको घोराहीकी अनिषा चौधरीले २२ मिनेट २७ सेकेन्डमा दुरी पार गरी प्रथम भएकी थिइन् । यसैगरी कालिका माविकी अन्जना पाण्डेले २९ मिनेट १३ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भइन् । कालिकाकै सन्जना अधिकारी ३० मिनेटमा दुरी पार गदै प्रतियोगितामा तेस्रो भइन् ।

लुम्बिनी प्रदेशमा भौतिक पुर्वाधारसंगै खेलकुद गतिविधिलाई अगाडि बढाउन कार्यक्रम गरिएको परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले बताए । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश नगद १० हजार, ८ हजार र ५ हजारसहित प्रमाणपत्र पाउनेछन् । उनीहरुलाई आइतबार हुने औपचारिक कार्यक्रममा पुरस्कृत गरिने छ ।

त्यसअघि कार्यक्रमको एक समारोहका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गर्दै खेलकुदको विकासमा प्रदेश सरकार लागेको बताएका थिए । दौड प्रतियोगितामा रुपन्देही, कपिलवस्तु, घोराही, पाल्पा, नवलपरासी, गुल्मी लगायतका एक सय बढी खेलाडीहरु सहभागी रहेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP