
धनगढी : केन्द्र सरकारमा सत्ता साझेदार रहेको जनता समाजवादी पार्टी जसपा सुदूरपश्चिम प्रदेशमा प्रतिपक्षी दल बनेको छ। सुदूरपश्चिमको प्रदेश सभामा जनता समाजवादी पार्टी प्रतिपक्षी बनेको हो।
आज सोमबारदेखि सुरु भएको दशौं अधिवेशनको पहिलो बैठकमा जसपा प्रतिपक्ष टेवलमा बसेको छ। केन्द्र सरकारमा जसपा सत्तासाझेदार दलका रुपमा रहेको छ। तर, सुदूरपश्चिम प्रदेशमा सरकारमा समावेश नगरेपछि जसपा प्रतिपक्षी बनेको बताइएको छ।
प्रदेशसभामा जसपासँगै लोकतान्त्रिक समाजवादी पार्टी र एमाले पनि प्रतिपक्षी दलका रुपमा रहेका छन्। यसअघि नवौं अधिवेशनमा प्रदेशमा नेपाली कांग्रेस पनि प्रतिपक्षीको टेवलमै रहेको थियो। स्थानीय तहको निर्वाचन अघि सरकारमा सहभागी भएपछि अहिले सो पार्टी सत्ता गठबन्धनतिर बसेको छ।
सुदूरपश्चिम प्रदेशमा जसपाबाट एकजना प्रदेश सांसद छन्। उनले एक मन्त्रालय पाउनुपर्ने माग गर्दै आएका थिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया