
काठमाडौं : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन साहले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेका छन्।
प्रमुख पदको कार्यभार सम्हालेलगत्तै साहले सैनिक मुख्यालय जंगीअड्डा पुगेर प्रधानसेनापति शर्मासँग भेट गरेका हुन्।
भेटमा शर्माले प्रमुख साहलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे। प्रमुख साहले विपद् व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा गरे।
प्रमुख साह र प्रधानसेनापति शर्माबीच आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने समझदारी पनि भएको बताइएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया