Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नेपाल इन्डोनेसियासँग ७-० गोल अन्तरले पराजित

काठमाडौं : एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग ७-० गोल अन्तरले पराजित भएको छ। ​

कुबेतको जाबिर अल अहमद स्टेडियममा इन्डोनेसियाविरुद्ध पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा थप पाँच गोल व्यहोरेको थियो। खेलको छैटौं मिनेटमा मुहमद दिमास द्रजाडले गोल गर्दै इन्डोनेसियालाई सुरुआती अग्रता दिलाएका थिए। ३३ औं मिनेटमा डिफेन्डर सुमन अर्यालले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा नेपाल १० खेलाडीमा समेटिएको थियो।

खेलको ४३ औं मिनेटमा वितान सुलेमानले गोल गर्दै इन्डोनेसियालाई २-० को अग्रता दिलाए। ५४ औं मिनेटमा आर्यन्टोले गोल गर्दै इन्डोनेसियालाई ३-० को अग्रता दिलाए। लगत्तै ५५ औं मिनेटमा साद्दिल रामदानीले गोल गर्दै टोलीको अग्रता ४-० को बनाए। खेलको ८० औं मिनेटमा एल्कन बाग्गोटले गोल गर्दै इन्डोनेसियाको अग्रता ५-० पुग्यो। खेलको ८१ औं मिनेटमा सुलेमानले व्यक्तिगत दोस्रो गोल गर्दै इन्डोनेसियालाई ६-० को अग्रता दिलाए। त्यसपछि खेलको इन्जुरी समयमा मार्सेलिनो फेर्डिनानले गोल गर्दै इन्डोनेसियालाई ७-० को जित दिलाए।

हारसँगै समूह ए मा रहेको नेपालले अंकविहीन रहदै प्रतियोगिताको अन्त्य गरेको छ। नेपाल समूहको पुछारमा रह्यो। छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो। यस्तै दोस्रो खेलमा नेपाललाई आयोजक कुवेतले ४-१ गोल अन्तरले हराएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP