Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नेपाल अमेरिकासँग ३९ रनले पराजित

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको छ। 

अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा गएराति भएको खेलमा अमेरिकाले दिएको २४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै २०६ रन मात्र बनाउन सक्यो। 

नेपालका लागि आरिफ शेखले ६३ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै सोमपाल कामीले ४७ रन र देव खनालले ३४ रन बनाए। आसिफ शेख १८, रोहित पौडेल १६ र कुशल भुर्तेल १० रनमा आउट भए। दिपेन्द्र सिंह ऐरीले ७, आदिल अन्सारीले ४,करण केसीले १ रन बनाए। कप्तान सन्दीप लामिछाने शून्यमा रनआउट भए। 

अमेरिकाका लागि अलि खान र सौरभ नेत्राभाल्करले ३\३ विकेट लिए। पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाएर २४५ रन जोडेको थियो। 

नेपालका करण केसीले ३ विकेट लिए । सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १\१ विकेट लिए।

सिरिज अन्तर्गत नै यसअघिको भेटमा नेपाल र अमेरिकाबीचको खेलमा बराबरी भएको थियो । लिग-२ को अंकतालिकामा नेपाल पाँचौँ स्थानमा छ। अमेरिका २४ खेलमा २३ अंक जोडेर चौथो स्थानमा छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP