Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

विभागीय टोली नेपाल पुलिस र एपीएफको लगातार दोस्रो जित

काठमाडौं : विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबले बुधवार पनि वागमती प्रदेश न्यू डायमण्ड कप खुला महिला भलिबल प्रतियोगितामा जित निकालेका छन्।

कीर्तिपुरको बहुउद्देश्यीय कभर्डहलमा बुधवार भएको दिनको पहिलो खेलमा नेपाल पुलिस क्लबले परोपकार महिला होस्टेललाई सोझो सेटमा पराजित गर्दै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । निकै कमजोर देखिएको परोपकार नेपाल पुलिस क्लबसँग २५–६, २५–६, २५–११ को सोझो सेटमा पराजित भएको हो।
लगातार दोस्रो खेलमा पनि जित निकालेको नेपाल पुलिसले दुई खेलबाट ६ अंक जोडेको छ। यता दोस्रो खेलमा पनि पराजित भएको परोपकार अंकविहीन छ। यसअघि मंगलवार भएको खेलमा पुलिस न्यू डायमण्ड एकेडेमीले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको थियो भने परोपकार सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग सोझो सेटमा हारेको थियो।

प्रतियोगिता अन्तर्गत बुधवार नै भएको अर्को खेलमा अर्को विभागीय टोली एपिएफले आयोजक न्यू डायमण्ड एकेडेमीलाई पनि सोझो सेटमा स्तब्ध बनायो। पहिलो सेटबाट नै हाबी भएर खेलेको एपिएएफले न्यु डायमण्डलाई २५–१२, २५–२०, २५–१४ को सेटमा हराएको हो । यस जितसँगै एपिएफले पनि दुई खेलबाट तालिकामा स्पष्ट अंक जोड्न सफल भएको हो । एपिएफको पनि तालिकामा ६ अंक भएको छ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई लाख ५० हजार, तेस्रो हुनेले एक लाख २५ हजार प्राप्त गर्ने आयोजकले बताएको छ। यस्तै, चौथो हुने टिमले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, व्यक्तिगत विधातर्फको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधागत तर्फको उत्कृष्टले १० हजार रुपैयाँ पाउनेछन्।

प्रतियोगितामा बिहीवार पनि दुई खेल हुनेछ। दिनको पहिलो खेल परोपकार गल्स होस्टल र आयोजक न्यू डायमण्ड एकेडेमी तथा दोस्रो खेल नेपाल पुलिस क्लब र एपिएफबीच प्रतिष्पर्धा हुनेछ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP