Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

राष्ट्रिय क्रिकेट टोलीले क्यानडाको स्थानीय क्लब ओन्टारियोसँग अभ्यास खेल खेल्दै

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाको स्थानीय क्लब ओन्टारियोसँग अभ्यास खेल खेल्दैछ ।

खेल राति पौने ९ बजे किङ्ग सिटी ओन्टारियोमा सुरु हुनेछ । नेपाली टोली मङ्गलवार क्यानडा गएको हो। त्यहाँ ओन्टारियोसँगको अभ्यास खेल र दुई एक दिवसीय खेलपछि टोली स्कटल्यान्ड जानेछ । क्यानडासँग असार २० र २१ गते एक दिवसीय श्रृङ्खला हुनेछ ।

नेपालले क्यानडा र स्कटल्यान्ड भ्रमणका लागि टोलीमा दुई परिवर्तन गरेको छ । बसिर अहमद पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । स्पिन अलराउन्डर पवन सरार्फले पनि टोलीमा पुनरागमन गरेका छन् ।

अमेरिकामा रहेका स्पिनर सागर ढकाल, सुशान भारी र ओपनर सुनिल धमला टोलीमा छैनन् । स्कटल्यान्डमा नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिदेशीय एक दिवसीय श्रृङ्खला हुनेछ । नेपालले असार २७ र ३२ गते स्कटल्यान्ड तथा असार २९ र साउन एक गते नामिबियासँग खेल्नेछ ।

अङ्क तालिकामा नेपाल १६ खेलमा ७ मा जित, ८ मा हार र १ खेलमा बराबरीसहित १५ अङ्कका साथ पाँचौँ स्थानमा छ । नेपाललाई सिधै विश्व कप ग्लोबल छनोट खेल्न शीर्ष तीनमा पर्नुपर्ने हुन्छ। एक दिवसीय मान्यतालाई निरन्तरता दिन शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP