जोकोभिचले जिते विम्बल्डन टेनिसको उपाधि

काठमाडौं : नोभाक जोकोभिचले विम्बल्डन टेनिस अन्तर्गत पुरुषतर्फको उपाधि जितेका छन्।

लण्डनस्थित सेन्टर कोर्टमा आइतबार भएको फाइनलमा अष्ट्रेलियन निक क्रिगोसलाई हराउँदै सर्बियन खेलाडी जोकोभिचले उपाधि जितेका हुन्।

विश्व नम्बर एक जोकोभिचले सुरुआती एक सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै उपाधि हात पारेका हुन्। जोकोभिचले निकमाथि ४-६,६-३,६-४ र ७-६ (७-३) को सेटमा जित निकाले।

यससँगै जोकोभिचले लगातार दोस्रो पटक विम्बल्डनको उपाधि हात पारेका छन्। यस्तै जोकोभिचले सातौं पटकको विम्बल्डनको उपाधि जितेका हुन्। जोकोभिचको यो २१ औं ग्रान्डस्लाम उपाधि हो। 

महिलातर्फको उपाधि काजकिस्तानकी इलिना राइबाकिनाले जितेकी छिन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP