
इंग्ल्याण्ड भ्रमणमा रहेको भारतले ३ खेलको एकदिवसीय सिरिजमा १–० को अग्रता लिएको छ।
मंगलबार राति भएको खेलमा इंग्ल्याण्डमाथि १० विकेटको प्रभावशाली जित निकाल्दै भारतले एकदिवसीय क्रिकेटमा सुखद सुरुवात गरेको हो। भारतले ४८ वर्षमा पहिलो पटक इंग्ल्याण्डविरुद्ध १० विकेटको जित निकाल्यो। भारतले अंग्रेजसँग पहिलोपटक १९७४ मा पहिलो एकदिवसीय खेल खेलेको थियो।
भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो जहाँ जसप्रित बुमराहले १९ रन दिएर ६ विकेट लिँदै करिअरको बेस्ट परफर्मेन्स गर्दा इंग्ल्याण्ड २५.२ ओभरमा ११० रनमा समेटियो। त्यस्तै मोहम्मद सामीले ३ विकेट लिंदा प्रसिद्ध कृष्णले एक विकेट लिए।
इंग्ल्याण्डले बनाएको ११० रन एकदिवसीय क्रिकेटमा भारत विरुद्ध बनाएको सर्वाधिक कम स्कोर हो। यहि स्पर्धामा बुमराह इंग्ल्याण्डविरुद्ध कुनै पनि एक एकदिवसीयमा सर्वाधिक उत्कृष्ट बलिङ गर्ने खेलाडी समेत बने। उनले आशिष नेहराको १९ वर्षे पुरानो कीर्तिमान भंग गरे। नेहराले २००३ को विश्वकपमा इंग्ल्याण्डविरुद्व २३ रन दिएर ६ विकेट लिएका थिए।
१११ रनको कमजोर लक्ष्य पछ्याएको भारतले १८.४ ओभरमा विना विकेटमा लक्ष्य पूरा गर्यो। ओपनर रोहित शर्मा र शिखर धवनले ११४ रन बनाउँदै सहज जित दिलाए। रोहित शर्माले ५८ बलमा ७६ रनको अविजित इनिङ खेल्दा शिखर धवनले ५४ बलमा ३१ रन बनाएर अविजित फर्किँदै टिमलाई १० विकेटको प्रभावशाली जित दिलाए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया