Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

वन अतिक्रमण गरेर बनाएका संरचना हटाइयो

माधव बेल्वासे
चन्द्रौटा,१२ वैशाख
डिभिजन वन कार्यालय गौतमवुद्ध कपिलवस्तुले शिवराज नगरपालिका ५ चन्द्रौटा रहटकोल क्षेत्रमा बन अतिक्रमण गरेर निर्माण गरेका संरचना भत्काएको छ । डिभिजन वन कार्यालयका प्रमुख दुर्गा बहादुर कार्कीको नेतृत्वको टोलीले वन अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना शुक्रवार भत्काएको हो ।


पटक पटक स्थानियलाई जानकारी गराउँदा पनि अटेर गरेपछि बल प्रयोग गरेर संरचना हटाइएको डिभिजन वन प्रमुख कार्कीले बताउनुभयो । ‘रहटकोलमा निर्माण भएका ३ वटा कच्ची घर र ३ वटा पक्की घर भत्काइएको छ’ कार्कीले भन्नुभयो ‘अतिक्रमित २ हेक्टर जग्गालाई तारवार गरेर संरक्षण गरिन्छ,।’


शुक्रवार बिहान करिव ८ बजे बनले गरेको एक्सनलाई स्थानियहरुले प्रतिरोध गरेको थिए । स्थानियहरुले सुरक्षाकर्मी माथि ढुगांमडा प्रहार गरेका थिए । सुरक्षाकर्मी र स्थानियहरु विच झडप भएपछी वनका तीन जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन् ।

लामो समयदेखी जोतभोग गर्दै आएको भएपनि बनले एक्कासी गरेको यो कदम गलत भएको स्थानियहरुको भनाई छ । स्थानिय सन्तोष चौधरीका अनुसार लकडाउनले समस्या भइरहेको बेला बनले संरचना हटाएपछी स्थानियहरुलाई झनै समस्या निम्तिएको बताउनुभयो ।
सशस्त्र प्रहरी,नेपाल प्रहरी,बनका सुरक्षाकर्मीले उक्त क्षेत्रमा निर्माण भएका तीन वटा फुसका टहरमा आगो लगाइएको थिए भने तिन वटा पक्की घरहरु भत्काएका थिए । शिवराज नगरपालिकाको भवन निर्माण स्थल नजिकै रहेको बनको जग्गालाई भुमाफियाहरुले बेच्ने र संरचना बनाउन सहयोग गरेको सुचना पाएपछी डिभिजन बनले घरटहरा हटाउन सुचना जारी गरेको थियो ।


दुई दिन अघि डिभिजन बन कार्यालयमा बसेको सर्वदलिय बैठकले अतिक्रमण भएको जग्गालाई पुनः बनमा परिणत गर्न दलहरुले सुझाव दिएका थिए । पछिल्लो समयमा डिभिजन बन गौतवुद्ध क्षेत्र भित्र एक हजार हेक्टर क्षेत्रफल बन अतिक्रमित छ । शिवराज नगरपालिका ५ चन्द्रौटा,बनकास,बिजयनगरको त्रिपालननगर,नेवलीगञ्ज,जैवावैराठ लागएतका क्षेत्र उच्च अतिक्रमणको चपेटामा परेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP