
राहुल मोदनवाल
कपिलवस्तु
कृष्णनगर नगरपालिका वडा नम्बर ९ मा रहेको शिवराज अस्पतालले विरामीहरूको नियमित चेकजाच गर्दै आइ रहेको छ ।
कोभिड १९ (कोरोना वाइरस०) विश्व भरि फैलिए पछि कृष्णनगरका निजि क्लिनिक नियमित चेकजाच बन्द गरेको बेला शिवराज अस्पताल बहादुरगंजले नियमित चेकजाच गरि रहेको छ।
ओपिडी सेवा बन्द रहे पनि इमेरजेन्सी वाडमा विरामीहरूको नियमित चेकजाच भईरहेको अस्पताल प्रशासनले जनाएको छ ।
नि.मेसु पद पाएको १० दिन मै डाक्टर नफिस खानले अस्पताल विकास समिति अध्यक्ष रजत प्रताप शाह संग अस्पतालको कमि कमजोरी बारे छलफल गरि सुधार तिर लागेको अस्पताल स्रोतले जनाएको छ ।
अहिले अस्पतालमा एक्सरे, भिडियो एक्सरे, ल्याब, कोबिड १९ को चेकजाच , विरामीहरूको लागि टेलिभिजन, शुद्ध खानेपानी लगायतको व्यावस्था रहेको नि.मेसु डा.नफिस खानले जानाएका छन ।
६० भन्दा बढी विरामीहरू दिनहु चेकजाच गराइ रहेका अस्पताल प्रशासनले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया