
काठमाडौं : साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधिका लागि शुक्रबार भारत र बंगलादेश भिड्दैछन्। खेल नेपाली समयअनुसार साँझ सवा ७ बजे भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुनेछ।
प्रतियोगितामा अपराजित बंगलादेश पहिलो र आयोजक भारत दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन्। बंगलादेशले समूह चरणका चार मध्ये तीन खेल जितेको थियो भने नेपालसँग बराबरी गरेको थियो।
नेपाललाई ८–० गोलको फराकिलो अन्तरले हराएको भारत भने बंगलादेशसँग २–१ गोलले पराजित भएको थियो। प्रतियोगिताबाट बाहिरिएको नेपाली टोली बिहीबार नै स्वदेश फर्किइसकेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया