
काठमाण्डाै – २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधि घरेलु टोली भारतले जितेको छ ।
भुवनेश्वरको कालीङ्गा मैदानमा हिजो भएको खेलमा बङ्लादेशलाई ५–२ गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो ।
भारतका फरवार्ड गुर्किरत सिंहले चार तथा हिमांशु जाग्राले एक गोल गरे । प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा भारतले तीन गोल थप्यो । बङ्लादेशका राजन होब्लादर र शमिम मियाले एक/एक गोल गरे ।
भारतले दोस्रो पटक उपाधि जितेको हो । यसअघि नेपालमा भएको तेस्रो संस्करण पनि भारतले जितेको थियो । नेपाल लिग चरणमा तेस्रो हुँदै फाइनलमा पुग्न असफल रहेको थियो । प्रतियोगितामा भारतसहित नेपाल, बङ्लादेश, श्रीलङ्का र माल्दिभ्स सहभागी थिए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया