Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

म्यानचेस्टर सिटी बराबरीमा रोकियो, चेल्सीको लज्जास्पद हार

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ।

गएराति भएको खेलमा सिटीले घरेलु टोली न्युकासल युनाईटेडसँग ३–३ गोलको बराबरी खेलेको हो। रोमान्चक खेलमा सुरुआती अग्रता सिटीले बनाएको थियो।

खेलको पाँचौं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। तर, खेलको २८ औं मिनेटमा मिगुएल अल्मिरोनले गोल गर्दै न्युकासललाई १–१ गोलको बराबरीमा फर्काए। खेलको ३९ औं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्युकासललाई २९१ को अग्रता दिलाए। खेलको ५४ औं मिनेटमा कप्तान केइरन ट्रिपियरले फ्रिकिकबाट गोल गर्दै न्युकासललाई ३–१ को अग्रता दिलाए।

खेलको ६४ औं मिनेटमा अर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई ३–२ को स्थितिमा ल्याए। त्यसपछि खेलको ६४ औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई ३–३ गोलको बराबरीमा ल्याए। 

यस बराबरीसँगै सिटीले ३ खेलमा ७ अंक जोडेको छ।  सिटी अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। न्युकासल ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ।

गएराति नै भएका अन्य खेलमा चेल्सी लिड्स युनाइटेडसँग लज्जास्पद हार व्यहोरेको छ। चेल्सी लिड्ससँग ३–०ले पराजित भयो। यस्तै वेष्टह्यामलाई ब्राइटनले २–०  ले हराएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP