
पर्वत : गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश हुने खेल कुनलाई कुन ठाउँमा खेलाउने टुंगो लाग्न सकेकोे छैन।
खेलकुद मैदानदेखि उपयुक्त वातावरणको खोजीका लागि सम्बन्धित निकायले गण्डकीका विभिन्न जिल्लामा रहेका खेल मैदानमा पुगेर अवलोकन गर्ने क्रम चलिरहेको छ।
यही परिवेशमा साइक्लिङ प्रतियोगिता भने पोखरामा नै हुने पक्का भएको छ। राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङका लागि सोमबार खेलस्थल व्यवस्थापन समिति सहितको टोलीले साइक्लिङ खेलका लागि पोखरा र आसपासका सम्भाव्य खेल स्थलको अवलोकन गरेको थियो।
राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गठित खेल स्थल व्यवस्थापन उपसमितिका संयोजक समेत रहेका राखेप सदस्य राजेशकुमार गुरुङ, सचिव एवं प्रशिक्षण प्रमुख कृष्णप्रसाद तिमिल्सिना, नेपाल साइक्लिङ संघका केन्द्रीय अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति, सचिव देवेन्द्र बस्नेत, कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारी, उपाध्यक्ष अशोक चालिसे लगायतको टोलीले खेल स्थलको अवलोकन गरेको हो।
टोलीले पोखरा–बागलुङ हाइवे अन्तर्गत मध्य पहाडी लोकमार्गको हेम्जा स्थित भाइरल रोड, आर्वाको महाप्रभुधाम, मेथलाङ र शान्ति स्तुपा लगायतको क्षेत्रलाई साइक्लिङका लागि सम्भाव्य खेल स्थलका रूपमा अवलोकन गरेको हो। साइक्लिङ महिला\पुरुष दुवै इभेन्टका लागि रोड साइक्लिङ र माउन्टेन रेस गरी दुई विधाको लागि टोलीले खेल मैदानको अवलोकन गरेको हो। रोड रेस साइक्लिङ अन्तर्गत पनि टाइम ट्रायल र मास रेस गरी दुई विधामा साइक्लिङ प्रतियोगिता हुने छ। यसका लागि हेम्जाको भाइरल रोड अन्तर्गत याम्दीदेखि फेदीसम्मको स्पोर्ट सर्कललाई टोलीले छनोट गरेको छ।
यसैक्याटागोरीका लागि पोखरा आसपासको लामाचौर, बाटुलेचौर र महेन्द्र गुफा लगायतको स्पोर्ट सर्कललाई पनि सम्भाव्य साइक्लिङ स्पटको रूपमा अवलोकन गरेको छ। साइक्लिङकै माउन्टेन रेस अन्तर्गत क्रस कन्ट्री र डाउन हिल क्याटागोरीका लागि पोखरा आसपासका उच्च पहाडी क्षेत्र मेथलाङ र आर्वाको महाप्रभुधामको अवलोकन गरेको छ। टोलीले मंगलबार माउन्टेन रेस अन्तर्गतकै क्याटागोरीका लागि शान्ति स्तुपको समेत अवलोकन गर्नेछ।
माउन्टेन रेस अन्तर्गत दुई छुट्टाछुट्टै पूर्वाधारहरू जुटाउनुपर्ने हुन्छ। क्रस कन्ट्रीका लागि ३ देखि ५ किलोमिटरसम्मको ट्र्याक बनाउनुपर्ने हुन्छ। डाउन हिलका लागि डेढदेखि ३ किलोमिटरसम्मको ट्र्याक आवश्यक हुन्छ। राखेपका सदस्यसहित खेल स्थल व्यवस्थापन समितिका संयोजक एवं साइक्लिङ संघका पदाधिकारी र प्राविधिकसहितको टोलीले साइक्लिङ प्रतियोगिताका लागि पोखरा उपयुक्त स्थान भएको दाबी गरेका छन्।
राखेप सदस्य एवं खेल स्थल व्यवस्थापन उपसमिति संयोजक गुरुङले आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश खेलका लागि पोखरामा सबै पूर्वाधार निर्माणसहित व्यवस्थापन गर्ने दाबी गरे। कुनै पनि खेलका लागि पूर्वाधार निर्माण र व्यवस्थापनमा कहीँ, कतैबाट पनि कमी हुन नदिने गुरुङको प्रतिबद्धता छ। अब मनाङ, मुस्ताङ र लमजुङको अवलोकनपछि ९\१० दिनभित्रमा खेल स्थानको टुंगो लगाउने तयारी भइरहेको उनको भनाइ छ।
यसैबिच, कास्की जिल्ला साइक्लिङ सङ्घले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रशिक्षण छनोटका लागि साइक्लिङको ५१ जनाको नाम सिफारिस गरेको छ। त्यसमध्ये ४० पुरुष र ११ महिला रहेको कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए।
नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुँदैछ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया