
बुटवल : लुम्बिनी प्रदेश भलिबल रेफ्री कमिसन गठन भएको छ । लुम्बिनी प्रदेश भलिबल संघकका उपाध्यक्ष योग गुरुङको अध्यक्षता तथा अन्तर्राष्ट्रिय रेफ्री गौतम प्रसाद लासिवाको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रमले लुम्बिनी प्रदेश स्तरिय रेफ्री कमिसन गठन गरेको हो ।
जसको अध्यक्षमा बुद्धि बस्याल रहनुभएको छ । उहां रुपन्देहीको हुनुहुन्छ । त्यस्तै सचिवमा रोल्पाका हरिश वली चयन हुनुभएको छ । सदस्यहरुमा रुपन्देहीका किसन चन्द, नवलपरासीका गोविन्द प्रधान, बांकेका महेश चन्द, पाल्पाका अनन्त श्रेष्ठ, गुल्मीका सन्तोष पुन, कपिलबस्तुका सुजन राना, रोल्पाका झलक बुढा, अर्घाखाँचीका आकाश बेलबासे र दाङका भरत कुँवर चयन हुनुभएको छ ।
उक्त कार्यक्रममा निर्वाचित रेफ्रीलाई शुभकामना दिदै लुम्बिनी प्रदेश भलिवल संघका उपाध्यक्ष योग गुरुङले खेललाई निष्पक्ष ढंगले अघि बढाउन रेफ्रीलाई आग्रह गर्नुभयो ।
खेल, खेलाडि र रेफ्री बीच सम्बन्ध राम्रो भए मात्र खेल क्षेत्रको विकास हुने भन्दै उहांले कुनै पनि बाहनामा रेफ्रीले पक्ष वा विपक्ष लिन नहुने बताउनुभयो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया