Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

केन्याले दियो नेपाललाई १३३ रनको लक्ष्य

काठमाडौं : केन्याबिरुद्धको दोस्रो टि–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालले जितका लागी १३३ रनको लक्ष्य पाएको छ। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको केन्याले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन जोड्यो।केन्याका लागी राकेप पटेलले सर्बाधिक ३५ रन जोडे।२५ बलको सामना गरेका उनले चार चौका र एक छक्का प्रहार गरे।

यस्तै नेहेम्याह ओधियाम्बोले २९ तथा ईर्फान करिमले २२  रनको योगदान गर्दा कोलिन्स ओबुयाले ९ रन जोडे।केन्यालाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछानेले समान ३÷३ विकेट लिए। यस्तै करण केसीले २ तथा  पवन सर्राफले एक विकेट हात पारे।

पहिलो खेलमा केन्याबिरुद्ध ५ विकेटको जित निकालेको नेपाल दोस्रो जितको खोजिमा छ।केन्या भने पहिलो जित निकाल्दै सिरिजमा फर्किने लक्ष्यमा छ। नेपालले केन्याविरुद्ध तेस्रो खेल १२ भदौमा खेल्नेछ।

त्यस्तै दुई टोलीबीच चौथो टी–२० भदौ १३ मा हुँदा अन्तिम टी–२० १४ भदौमा हुने छ। टी–२० सिरिज पछि नेपालले घरेलु टोलीसँग तीन खेलको एकदिवसीय सिरिज खेल्ने कार्यतालिका छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP