नेपालले आज केन्याविरुद्धको पाँचौं टी-२० खेल्दै

काठमाडौं  ः केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीविरुद्ध पाँचौं तथा अन्तिम टी–२० मा प्रतिस्पर्धा गर्दैछ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले घरेलु टोली केन्यासँग अन्तिम टी–२० खेल्न लागेको हो। यी दुई बीचको खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे सुरु हुनेछ।

पाँच खेलको सिरिजअन्तर्गत ४ खेल सकिँदा सिरिज २–२ को बराबरीको अवस्थामा छ। आजको खेल जित्नेले सिरिज जित्नेछ। पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो। दोस्रो खेलमा केन्याले पुनरागमन गर्दै नेपाललाई १८ रनले हराएको थियो। यस्तै, तेस्रो खेलमा नेपालले ४ विकेटको जित निकालेको थियो।

सोमबार भएको चौथो खेलमा नेपाललाई केन्याले ७ रनले हराएको थियो।

टी–२० सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ। पहिलो एकदिवसीय खेल भदौ १७ गते, दोस्रो खेल भदौ १८ गते र तेस्रो खेल भदौ २० गते हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP