Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नेपालले जित्यो केन्याविरुद्धको टी–२० सिरिज

एजेन्सी । केन्याविरुद्धको टी–२० सिरिज नेपालले हात पारेको छ।

आज भएको अन्तिम खेलमा केन्यालाई ३१ रनले पराजित गर्दै नेपालले ३-२ ले सिरिज कब्जा गरेको हो।

जितका लागि नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको घरेलु टोली केन्या निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४४ रनमा समेटियो।

केन्याका नेहेम्याह ओधियाम्बोले सर्वाधिक ३७ तथा शेम नेगोचेले अविजित ३३ रनको योगदान गरे। इर्फान करिमले २८ रन जोडे।

बलिङतर्फ सन्दीप लामिछाने र बासिर अहमदले २/२ विकेट लिए। करण केसी, दिपेन्द्र सिंह ऐरी र मोहम्मद अदिल आलमले १/१ विकेट हात पारे।

यसअघि नैरोबीस्थित जिमखाना मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो।

ओपनर ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५९ रन जोडे। ४४ बलको सामना गरेका उनले ५ चौका र २ छक्का प्रहार गरे। टी–२० अन्तरराष्ट्रियमा ज्ञानेन्द्रले प्रहार गरेको यो दोस्रो अर्धशतक हो।

रोहित पौडेलले ४७ रनको योगदान गरे। २५ बलको सामना गरेका उनले ७ चौका प्रहार गरे। अर्जुन साउदले २९ तथा दिपेन्द्र सिंह ऐरीले २२ रनको योगदान गरे।

बलिङतर्फ केन्याका बार्च पटेल, शेम नेगोच र नेहेम्याह ओधियाम्बोले २/२ तथा लुकास ओलुओचले १ विकेट हात पारे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP