Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

चर्को गर्मीमा लो-भोल्टेज, विराटनगरबासी आक्रान्त

प्रदेश १ को राजधानी विराटनगरमा यति बेला लो-भोल्टेलले आक्रान्त छ। गर्मी अत्यधिक हुँदा भोल्टेज कम हुँदा पङ्खा नचल्ने, एसी नचल्ने समस्या त छँदै छ, त्यसमाथि उद्योग धन्दा नचल्दा उत्पादन ठप्प भएको र दैनिक करोडौँको घाटा व्यहोर्नु परेको उद्योगी बताउँछन्।  ‘विराटनगरको टोटल बिजनेस कोरिडोर आक्रान्त बनेको छ,’ मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले भने, ‘विद्युत् प्राधिकरणको निकृष्ट काम भएको छ, बिल पठाउने र पैसा उठाउने मात्रै काम विद्युत् प्राधिकरणले गरिरहेको छ।’ मुन्दडाले जेनेरेटरको भरमा धेरै समय उद्योग चल्न नसक्ने बताए। उनले कटहरी सब-स्टेसन सञ्चालन गर्न नसक्नुको पछाडिको कारण के हो भनी प्रश्न गरे। ‘अढाइकिलोमिटर समस्या भएको हामीले सुनेका छौँ,’ मुन्दडाले भने, ‘त्यो त प्रशासनसँगको सहमतिमा, वा विद्युत् प्राधिकरण आफैँले सुरक्षाको बन्दोबस्त गरेर सञ्चालन गर्नुपर्ने हो नि।’  उद्योगी व्यवसायीले उद्योगको ताला चाबी सरकारलाई बुझाउने बेला आएको बताए। औद्योगिक कोरिडोरमा दैनिक १ करोड बढीको नोक्सानी भइरहेको उनको दाबी छ।  उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले लोडसेडिङ र ट्रिपिङको कारण उद्योगी-व्यवसायी आक्रान्त भएको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP