Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नवौँ राष्ट्रिय खेलकुद : सुरु हुन १५ दिन बाँकी, तयारी तीव्र

पर्वत : गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अब १५ दिन मात्र बाँकी छ। 

असोजको २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रतियोगिताको तयारीलाई तीव्रता दिएको छ। यसका लागि निर्माण गरिएका १४ वटा उपसमितिले पनि आफ्नो जिम्मेवारी पूरा गर्न लागि परेका छन्।

सात प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर तीन विभागीय तथा एनआरएनएको एक टोली गरेर ११ समूहबीच प्रतिस्पर्धा रहने प्रतियोगिताका लागि खेलाडी छनोट भएर समूहबाट खेलाडीको नाम दर्ता गर्दै छन्।  प्रतियोगिताका लागि तयार गरिएको ‘राष्ट्रिय रनिङ ट्रफी’ लाई देशका सातै प्रदेश र विभागीय समूहका केन्द्रहरूमा भ्रमण गराउने काम पनि चलिरहेको छ। उक्त ट्रफी मंगलबार मात्रै कर्णाली प्रदेशमा लगिएको छ।

प्रतियोगिता अन्तर्गतका धेरैजसो खेलहरू गण्डकी प्रदेश राजधानी पोखरामै र बाँकी खेल स्याङ्जा, पर्वत, गोरखा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), म्याग्दी र बागलुङमा खेलाउने तयारी भएको छ। गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिएको भए पनि अन्तिम समयमा तनहुँ, लमजुङ, मनाङ र मुस्ताङमा खेल नहुने भएको हो।

म्याग्दीमा महिला भलिबल र र डब्ल्युटीएफ तेक्वान्दो, स्याङ्जामा महिला फुटबल, पर्वतमा कराँते, बागलुङमा आइटीएफ तेक्वान्दो, नवलपुरमा सेपाकताक्रो र कुस्ती तथा गोरखामा बुद्धिचाल खेल खेलाउने गरी तयारी भइरहेको छ। नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत खेल स्थल व्यवस्थापन समितिका सदस्य समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य राजेशकुमार गुरुङको टोलीले पर्वत, बागलुङ र म्याग्दीको खेल स्थलको अवलोकन पनि गरेको छ। 

खेल स्थलको अवलोकनसँगै टोलीले म्याग्दी, पर्वत र बागलुङका स्थानीय तहहरूमा पनि भेटघाट गरेको छ। म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापा, बेनी नगरपालिका प्रमुख सुरत केसी, सुरक्षा निकाय प्रमुख र जिल्लाका खेल पदाधिकारीसँग भेटी राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीबारे अन्तरक्रिया भएको छ। टोलीले पर्वतको कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशी, बागलुङको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठ, उपप्रमुख राजु खड्कासँग भेटघाट गरेर खेलका बारेमा छलफल गरेको छ। 

छलफलका क्रममा जिल्ला प्रशासन कार्यालय  र स्थानीय तहका प्रमुखले खेल सफलताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। टोलीसँगको भेटमा पर्वत कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशीले राष्ट्रिय खेलकुदअन्तर्गत कराँते प्रतिस्पर्धा पर्वतमा आएकोमा खुसी र धन्यवाद व्यक्त गरे। उनले पर्वतको पनि कुश्मामा हुने प्रतिस्पर्धालाई हरेक दृष्टिले सफल बनाउने प्रतिबद्धता जनाए। 

कुश्मामा हुने प्रतिस्पर्धालाई आर्थिक र व्यवस्थापनको हिसाबले कुनै कमी कमजोरी हुन नदिने उनको प्रतिबद्धता थियो। राष्ट्रिय खेलकुदकै आवश्यक तयारीका लागि नगरपालिकाले नौ लाख रुपैयाँ छुट्टाएको उनको भनाइ छ। खेलकुदकै अवसर पारेर पर्वत तथा कुश्माको पर्यटकीय गन्तव्यलाई प्रवर्धन समेत गर्ने उनले बताए। पदक विजेतालाई निःशुल्क र सहभागी खेलाडीलाई केही प्रतिशत छुटमा पर्वत कुश्मास्थित बञ्जीजम्प र जीपलाइनको मनोरञ्जन लिन पाउने व्यवस्था गर्न लागेको प्रमुख जोशीको भनाइ छ। 

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले जिल्लामा आएको राष्ट्रिय खेलकुदलाई अपनत्व लिएर आईटीएफ प्रतियोगितालाई सफल पार्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन्। प्रतियोगितालाई साथ र सहयोग गर्न नगरपालिका पूर्णरूपले तयार रहेको उनको प्रतिबद्धता थियो। कुनै पनि प्रतियोगिता राजधानी बाहिरबाट पनि गर्न सकिन्छ भन्ने सन्देश आफूहरूले बागलुङबाट दिन चाहेको उल्लेख गरे। कुनाकाप्चाबाट खेलाडी उत्पादन हुने उनको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP