Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

पाकिस्तानसँगको टी–२० क्रिकेट शृङ्खला इङ्ग्ल्यान्डले जित्यो

काठमाण्डाै – इङ्ग्ल्यान्डले घरेलु टोली पाकिस्तानसँगको ७ खेलको टी–२० शृङ्खला जितेको छ । लाहोरमा गएराति भएको अन्तिम खेलमा पाकिस्तानलाई ६७ रनले हराउँदै इङ्ग्ल्यान्डले शृङ्खला ४–३ ले जितेको हो ।

इङ्ग्ल्यान्डले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो ।

पाकिस्तानका लागि शान मासुदले ५६ रनको अर्धशतकीय पारी खेले । इङ्ग्ल्यान्डका क्रिस वोक्सले ३ तथा डेविड विलिले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो । इङ्ग्ल्यान्डका डेविड मालनले अविजित ७८ रनको अर्धशतकीय पारी खेले । पाकिस्तानका  मोहमद हस्नेनले १ विकेट लिए ।

पहिलो, तेस्रो र छैटौँ खेलमा इङ्ग्ल्यान्ड बिजयी हुँदा दोस्रो, चौथो र पाँचौँ खेलमा पाकिस्तान विजयी भएको थियो । निर्णायक तथा सातौँ खेल जित्दै इङ्ग्ल्यान्डले शृङ्खला आफ्नो पक्षमा पारेको हो । इङ्ग्ल्यान्डले १७ वर्षपछि पाकिस्तानको भ्रमण गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP