Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

मेसी भन्छन्, कतार विश्वकप अन्तिम

काठमाडौं : अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले आगामी नोभेम्बरमा हुने कतार विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन्। मेसीको कप्तानीमा अर्जेन्टिना आगामी नोभेम्बरमा हुने विश्वकपमा मैदान उत्रदै छ।

अर्जेन्टिना सन् २०१४ मा ब्राजिलमा सम्पन्न विश्वकपको फाइनल पुर्‍याउन सफल रहेका मेसीले कतार विश्वकप यादगार बनाउन हरसंभव प्रयास गर्ने बताए।

चार पटक विश्वकप खेलिसकेका मेसीले अब कतार विश्वकप आफ्ना लागि अन्तिम हुने बताए। सात पटक बालोन डीओर जितेका मेसीले राष्ट्रका लागि कुनै उपाधि नजितेको भन्दै हुने आलोचना भने उनले कोपा अमेरिकाको उपाधि जित्दै आलोचकको मुख बन्द गरेका थिए।

कतार विश्वकप २०२२ नोभेम्बर २० बाट सुरु हुँदै छ। अर्जेन्टिनाले दक्षिण अमेरिकी छनोटको दोस्रो स्थानमा रहँदै कतार विश्वकप पक्का गरेको थियो।​

एसपिएनसँग मेसीले भने ‘पक्कै पनि यो मेरो अन्तिम विश्वकप हो, यो विश्वकपको प्रतिक्षा ब्यग्रताका साथ गरिरहेको छु।’ सात पटकका बलोन डी अर विजेता मेसीले अर्जेन्टिना सधैं विश्वकपमा उपाधि दाबेदार टोली भएको भन्दै आफूहरुसँग उपाधि प्रतिक्षा गर्नु स्वभाविक भएको बताए।

उनले भने ‘हाम्रो इतिहासले पनि हामीलाई उपाधि दाबेदारको रुपमा उभ्याएको छ। हामी क्षमतावान टोली हौ र यस पटक पनि टोलीको दाबेदार छबिमा कुनै कमी आउने दिने छैनौ।’

उनले अहिले टिम उच्च लयमा रहेको भन्दै विश्वकपमा सहभागि हुन आउने टिम कुनैपनि कमजोर नहुने बताए। मेसीले भने ‘विश्वकप हो, कुनै पनि प्रतिद्वन्द्वी सहज हुँदैन। समूह चरणको पहिलो खेल नै कठिन हुन्छ।’ मेसीले दाबेदार मानिएको टोलीले सधै उपाधि जित्छ भन्ने नहुने भन्दै जित्नका लागि पुरा प्रयास गर्ने बताए।

समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदी अरेबियाविरुद्धको खेलसँगै कतार विश्वकपको यात्राको थालनी गर्ने छ। उनले आफ्नो अन्तिम विश्वकप यादगार बनाउन चाहेको बताए।

मेसीले भने ‘म अहिले शारीरिक रुपमा फिट छु, क्लबमा पनि स्वभाविक लयमा छु, गत वर्ष मैले चोटका कारण राष्ट्रिय टोलीबाट केही खेल गुमाए। तर यस वर्ष म पूर्ण रुपमा फिट छु। त्यसैले टोलीलाई सफलता दिलाउँदै कतार विश्वकप यात्रालाई यादगार बनाउन चाहन्छु।’

सन् २००६ मा जर्मनीमा सम्पन्न विश्वकप उनको पहिलो विश्वकप सहभागिता थियो। त्यसपछि उनले सन् २०१०, २०१४ र २०१८ को विश्वकपमा मुख्य खेलाडीका रुपमा अर्जेन्टिनाको यात्रा अगाडि बढाएका थिए।

कतार विश्वकपमा समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदी अरेबियाविरुद्ध पहिलो खेल खेल्दा अन्य टिमहरुमा मेक्सिको र पोल्यान्ड रहेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP