
काठमाडौं : यस वर्षको बालोन डि ओरको उपाधि करिम बेन्जिमाले जितेका छन्।
रियल मड्रीडका फरवार्ड बेन्जिमाले थुप्रै चर्चित खेलाडीलाई पछि पार्दै विश्व प्रसिद्ध बालोन डि ओरको अवार्ड प्राप्त गरेका हुन्।
बेन्जिमाको यो पहिलो बालोन डि ओरको उपाधि हो। बेन्जिमाले गरेका ४४ गोलको सहयोगमा रियल मड्रिडले च्याम्पियन्स लिग र ला लिगाको उपाधि हात पारेको थियो।
लियोनल मेस्सीले ७ र क्रिस्टियानो रोनाल्डाले ५ पटक बालोन डि ओरको उपाधि हात पारेका छन्। साडियो माने दोस्रो र म्यानचेस्टर सिटीका केभिन डि ब्रुईन तेस्रो भए।
महिलातर्फ बार्सिलोनाकी एलेक्सिया पुटेलसले सर्वश्रेष्ठ फुटबलरको अवार्ड प्राप्त गरिन्। इङ्ल्याण्डलाई युरो कप जिताउने आर्सनलकी फरवार्ड बेथ मिड दोस्रो स्थानमा रहिन्। क्लबतर्फ म्यानचेस्टर सिटी उत्कृष्ट क्लब घोषित भएको छ।

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया