
म्याग्दी : विभागीय टिम नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल आर्मीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तेक्वान्दामा सोमबार भएको खेलबाट दुई\दुई स्वर्ण पदक थपेका छन्।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा बेनीको कालीपुल कबर्ड हलमा सञ्चालित प्रतियोगिताको चौथो दिन सोबारसम्म १६ इभेन्ट्स सकिँदा नेपाल पुलिसले आठ स्वर्ण पदक जितेको छ।
हालसम्म आर्मीले पाँच, एपिएफले दुई र मधेश प्रदेशले एक स्वर्ण पदक जितेका राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक हिरा थापाले जानकारी दिए।
पुलिसले तीन, आर्मीले छ, एपीएफले दुई, लुम्बीनीले दुई, सुदूरपश्चिम, मधेश प्रदेश र एनआरएनले एक\एक वटा रजत पदक जितेका छन्। गण्डकी र प्रदेश १ ले सात\सात, एपीएफले छ, मधेश र बागमतीले तीन\तीन, लुम्बीनी र आर्मीले दुई\दुई, पुलीस र कर्णालीले एक\एक कास्य पदक जितेका प्रशिक्षक थापाले जानकारी दिए।
सोमबार राति १०ः३० मा सकिएको फाइनल खेल अन्तर्गत महिला ४६ केजीतर्फ आर्मीकी काजल श्रेष्ठ, महिला ६७ केजीमा पुलिसकी इन्दिरा बस्नेत, महिला ७३ केजीमा आर्मीकी नम्रता तुलाधर, पुरुष ८७ केजी भन्दा बढीको तौल समूहमा एपिएफका भीमबहादुर खड्का, महिला ७३ केजी भन्दा बढीको तौल समूहमा एपिएफका सुस्मिता गुरुङ, पुरुष ८० केजीमा पुलिसका अभिसेक बरालले स्वर्ण पदक दिलाएका छन्।
महिला ४६ केजीमा सुदूरपश्चिमका झरना नाथले रजत, एपीएफका बर्षा थापा र बागमतीका रोशनी श्रेष्ठले कास्य, महिला ६७ केजीमा आर्मीकी ग्यानी चुदाँराले रजत, प्रदेश १ की सविना माझी र एपिएफकी सोरन गुरुङले कास्य र महिला ७६ केजीमा एनआरएनएकी सुमित्रा खत्रीले रजत, लुम्बिनीका सुष्टि सुर्तुंगा मगर र एपिएफकी रेजिना पार्कीले कास्य पदक जितेका छन्।
पुरुष ८७ केजीभन्दा बढीको तौल समूहमा पुलिसका आसुतोष बरालले रजत, गण्डकीका निरजबहादुर नेपाली र मधेशका विकास तामाङले कास्य, महिला ७३ केजी भन्दा बढीको तौल समूहमा आर्मीका प्रतिज्ञा भण्डारीले रजत, कर्णालीकी इला केसी र मधेशका प्रवली वस्नेतले कास्य र पुरुष ८० केजी तौल समूहमा सेनाका जक्की यादवले रजत, एपिएफका जनकबहादुर जोशी र मधेशका पवनकुमार श्रेष्ठले कास्य पदक जितेका छन्।
बाइस इभेन्टका खेल हुने प्रतियोगिता यही कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । आठ वटा इभेन्ट्सको खेल सञ्चालन गर्न बाँकी छ । सात वटा प्रदेश, तीन विभागीय र गैरआवासीय नेपाली संघ (एनआरएनए)का ३३० खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका तेक्वान्दो खेल प्रशिक्षक कर्ण प्रधानले बताए। स्वर्ण र कास्य २२\२२ तथा ४४ वटा रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया