Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नवौं राष्ट्रिय खेलकुद : एपिएफको पोल्टामा दुवै फुटबलका स्वर्ण

पोखरा : डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई स्तब्ध बनाउँदै सशस्त्र प्रहरीको एपिएफ क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा बिहीबार स्वर्ण पदक जितेको छ।

पोखरा रंगशालामा भएको फाइनलमा एपिएफले सडेन डेथमा आर्मीलाई हराउँदै स्वर्ण पदक जितेको हो। एपिएफले पेनाल्टी सुटआउटमा ६–५ अन्तरले पराजित गरेको हो।

यसअघि निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए। दुवै टोलीका १/१ खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। त्यसपछि १० खेलाडीमा सीमित भएका दुवै टोलीबाट प्रतिष्पर्धात्मक खेल भएको थियो।

खेल अवधिभर एपिएफले आर्मीमाथि दबाब दिएर खेल्दै गोलका राम्रा अवसर बनाए पनि सदुपयोग गर्न चुकेको थियो। आर्मीले पनि केही राम्रा अवसर खेर फालेको थियो। पराजयसँगै आर्मीले पुरुष फुटबलमा रजत पदकमा चित्त बुझाएको छ।

कास्य पदकका लागि भएको प्रतिष्पर्धामा सुदूरपश्चिम प्रदेशलाई १–० गोल अन्तरले हराउँदै गण्डकी तेस्रो भयो। गण्डकीको जितमा कमल थापाले फ्रिकिकमार्फत गरेको गोल निर्णायक भएको थियो।

महिला फुटबलको स्वर्ण पनि एपिएफकै पोल्टामा

महिला फुटबलमा पनि विभागीय टोली एपिएफ क्लबले स्वर्ण जितेको छ। स्याङ्जाको वालिङमा बिहीबार भएको फाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराउँदै स्वर्ण पदक जितेको हो।

निकै रोमाञ्चक खेलमा एपिएफलाई स्वर्ण पदक जिताउन दुवै गोल सावित्रा भण्डारी ‘साम्बा’ ले गरेकी थिइन् भने पुलिसका लागि निरु थापाले एक गोल फर्काएकी थिइन्। २ गोल गरेकी सावित्राले सबै खेलमा गोल गरेकी छन्। उनले प्रतियोगितामा १४ गोल गरिन्।

महिला फुटबलमा त्रिभुवन आर्मी क्लबले कास्य पदक जितेको छ। तेस्रो स्थानको प्रतिष्पर्धामा आर्मीले प्रदेश १ लाई ७–० ले पराजित गर्दै कास्य पदक जितेको हो।

आर्मीको जितमा स्ट्राइकर अमिशा कार्कीले ह्याट्रिक गरिन्। यसबाहेक कप्तान हिमा चौधरी, चन्द्रा भण्डारी र कुसुम खतिवडाले १/१ गोल गरे। खेलको तेस्रो मिनेटमै हिमाले गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP