Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नवौँ राष्ट्रिय खेलकुद सेना च्याम्पियन,  एपीएफ दोस्रो

कास्की : गण्डकी प्रदेशमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब १७२ स्वर्ण पदक जितेर च्याम्पियन बनेको छ। 

गत असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका आठ जिल्लामा सञ्चालन भएका ३६ खेलमा सेनाले स्वर्ण १७२, रजत ११० र ८९ काँस्य गरी ३७१ पदक जितेर च्याम्पियन भएको हो।

च्याम्पियन बनेको सेनालाई समापन समारोहका प्रमुख अतिथि एवं प्रधानमन्त्री शेरबहादुर देउवाले रनिङ ट्रफी हस्तान्तरण गरे। पहिलो पटक राष्ट्रिय खेलकुदको विजेतालाई सुन र चाँदी समावेश गरेर बनाइएको ट्रफी प्रदान गरिएको हो। सेना यसअघिका सातौँ र आठौँ राष्ट्रिय खेलकुदको पनि च्याम्पियन टोली हो। 

यसैगरी सशस्त्र प्रहरीको एपीएफ ६५ स्वर्ण ७२ रजत र ८२ काँस्य सहित २१९ पदक जितेर द्वितीय भएको छ।

नेपाल प्रहरीले ६१ स्वर्ण, ६१ कांस्य र ७३ रजत सहित कुल १९५ पदक जितेको छ। आयोजक गण्डकी प्रदेश प्रतियोगिताको चौथो तथा प्रदेशहरूमध्ये पहिलो भयो। गण्डकीले ३२ स्वर्ण, ३१ रजत ५७ काँस्य जितेको हो।

बागमती प्रदेश २४ स्वर्ण ४७ रजत र ७४ कास्यपदक सहित १४५ पदक सहित पाँचौँ स्थानमा पुग्यो। प्रदेश १ ले १० स्वर्ण २३ रजत र ५० काँस्य पदक सहित छैटौँ भयो।  सुदूरपश्चिम प्रदेशले १० स्वर्ण, १० रजत ४३ काँस्य सदकसहित ६३ पदक जित्यो।

एनआरएनएले १० स्वर्ण नौ रजत र सात काँस्य गरी २६ पदक जित्दा लुम्बिनी प्रदेशले छ स्वर्ण, २२ रजत र ४० कांस्य गरी ६८ पदक हात पार्‍यो।

मधेश प्रदेशले पाँच स्वर्ण, आठ रजत र २६ काँस्य गरी ३९ पदक जित्दा कर्णाली प्रदेशले दुई स्वर्ण, चार रजत र १२ काँस्यसहित १८ पदक जितेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP