Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

इंग्लिस प्रिमियर लिगमा न्युक्यासलले टोटेनहमलाई हरायो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाईटेडले टोटेनहम हट्सपरलाई २–१ गोल अन्तरले हराएको छ ।

न्युक्यासलका लागि पहिलो हाफमा क्यालम विल्सन र मिगुएल अल्मिरोनले एक–एक गोल गरे । टोटनहमका लागि दोस्रो हाफमा ह्यारी केनले गोल गरे ।

गएराति घरेलु टोली टोटेनहमलाई हराएसँगै न्युक्यासल तालिकाको चाैँथो स्थानमा उक्लिएको छ । उसले १२ खेलबाट २१ अंक जोडेको छ । टोटेनहम २३ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा लिग लिडर आर्सनल बराबरीमा रोकिएको छ । आर्सनलले साउथह्याम्टनसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । आर्सनलका लागि ग्रेनाइट जाका र साउथह्याम्टनका लागि स्टुअर्ट आर्मस्ट्रागले गोल गरे ।

तालिकाको पुछारमा रहेको टोलीसँग बराबरी खेल्दै लिग लिडर आर्सनलले अंक गुमाएको छ ।

यस्तै गएराति नै भएको अर्को खेलमा एस्टन भिल्लाले ब्रेन्टफोर्डलाई ४–० गोल अन्तरले हरायो भने लेस्टर सिटीले उल्भ्सलाई उसैको मैदानमा ४–० ले पराजित गर्यो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP