Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

मैत्रीपूर्ण क्रिकेटमा नेपाली टोली विजयी

पाेखरा: नेपाली महिला क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ (क्यान–११) ले नेपाल भ्रमणमा रहेको बेलायतको मेरिलेबोन क्रिकेट क्लब(एमसिसि)लाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको खेलमा नेपाली टोलीका कप्तान रुबिना क्षत्रीले ह्याट्रिकसहित पाँच विकेट लिएपछि नेपाली टोली १९ रनले विजयी भएको हो ।

खेलमा टस जितेर सुरुआतमा ब्याटिङ गरेको क्यान–११ ले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै ९९ रन जोडेको थियो । क्यान–११ का नेरी थापाले ३१ बलमा दुई चौकासहित सर्वाधिक १८ रन बनाएकी  थिइन् । खेलमा जितका लागि एक सय रनको विजयी लक्ष्य पछ्याएको एमसिसी १९ ओभरको पाचौँ बलमा सवै विकेट गुमाएर ८० रन मात्र बनाउन सफल भयो । एमसिसिका लागि एलिसा हुबर्डले २८ बलमा सर्वाधिक २० रन बनाउँदै अविजित रहिन् ।

एमसिसिका लागि अन्तिम ओभरमा जितको लागि २० रनको खाँचो थियो । अन्तिम ओभर बलिङ गरेकी रुबिनाले अन्तिम पाँच बलमा चार विकेट लिन सफल भइन् । 

रुबिनाले दोस्रो, तेस्रो, चौथो बलमा विकेट लिँदै ह्याट्रिक पूरा गर्दा पाँचौ बलमा समेत विकेट लिनुभएपछि एमसिसि नेपाली टोलीसँग पराजित हुन पुग्यो । खेलमा ‘प्लेयर अफ दि म्याच’ घोषित नेपाली टोलीका कप्तान क्षेत्रीलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पुरस्कार वितरण गरेका थिए ।

नेपाल भ्रमणमा रहेको एमसिसिले पोखरामा दुई ‘टी–२०’ र दुई ‘एक दिवसीय’ खेल खेल्ने छ । शनिबार एकदिवसीय खेल खेल्ने तालिका रहेको कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP