Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एजेन्सी । टी-२० विश्वकप क्रिकेटमा आयोजक अष्ट्रेलियाले अफगानिस्तानलाई ४ रनले पराजित गरेको छ। ​एडिलेडमा आज भएको निकै रोमाञ्चक र आफ्ना लागि ‘गर या मर‘ जस्तै रहेको प्रतिस्पर्धामा घरेलु टोली अष्ट्रेलियाले अफगानिस्तानलाई पराजित गरेको हो।

पहिले ब्याटिङ गर्दै अष्ट्रेलियाले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६४ रन मात्र बनाउन सक्यो र ४ रनले पराजित हुन पुग्यो। अफगानिस्तान भने यो खेलअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ।

अफगानिस्तानका लागि ७ खेलाडी आउट भएपछि क्रिजमा आएका राशिद खानले अविजित रहँदै ४८ रन बनाए। २३ बलको सामना गरेका उनले आफ्नो इनिङमा ३ चौका र ४ छक्का प्रहार गरे।

गुलबदिन नाइबले ३९ रन जोड्दा रहमानुल्लाह गुरबाजले ३० रन जोडे। ​इब्राहिम जाडरानले २६ र डार्विस रसुलले १५ रन बनाए।

अष्ट्रेलियाका जोश हाजलउड र एडम जाम्पाले २/२ विकेट लिए।

पहिले ब्याटिङ गरेको घरेलु टोली अष्ट्रेलियाले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६८ रन बनाएको थियो।

अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले अविजित रहेर ५४ रन बनाए। उनको अर्धशतकीय इनिङसँगै ​मिचेल मार्शले ४५ रन हिर्काए। अलराउन्डर मार्क्स स्टोइनिस र डेभिड वार्नरले २५/२५ रन बनाएका थिए।

अफगानिस्तानका लागि नभिन उल-हकले ३ विकेट र फजलहक फारुकीले २ विकेट लिए।

घरेलु टोलीले यो खेल निकै ठूलो अन्तरले जित्नुपर्ने थियो। जितबाट अंक जोडे पनि कंगारुको सेमिफाइनलमा पुग्ने सम्भावना भने शनिबार (भोलि) हुने बेलायत र श्रीलंकाबीचको खेलमा समेत निर्भर हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP