Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

टी–२० विश्व कपमा आज महत्त्वपूर्ण तीन खेल : समूह-२ को सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्ने

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटमा आज महत्त्वपूर्ण तीन वटा खेल हुँदैछन् । आजको खेलबाट समूह ‘२’ को सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ । आजको पहिलो खेलमा अहिले दक्षिण अफ्रिका र नेदरल्यान्ड्स खेलिरहेका छन् । अस्ट्रेलियाको एडिलेडमा टस हारेर नेदरल्यान्ड्सले ब्याटिङ थालेको छ ।

आजको खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई हराउन सकेमा सेमिफाइनलमा पुग्नेछ । सुपर १२ को समूह ‘२’ मा दक्षिण अफ्रिका ४ खेलमा २ मा जित, एक खेलमा हार र एक खेलमा अङ्क बाँड्दै दोस्रो स्थानमा छ । भारत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अङ्कका साथ शीर्ष स्थानमा छ । पाकिस्तान ४ खेलमा २ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ । 

आजको दोस्रो खेलमा बिहान पौने १० बजे पाकिस्तान र बङ्लादेशबीच खेल हुनेछ । यो खेल पनि एडिलेडमा हुनेछ । पाकिस्तानले बङ्लादेशलाई हराएको खण्डमा सेमिफाइनल पुग्न भारत र जिम्बाब्वेको नतिजा पनि पर्खिनुपर्नेछ । पाकिस्तान विजयी हुँदा ६ अङ्क हुनेछ ।

यस्तै, भारत र जिम्बाब्वेबीचको खेल दिउँसो पौने २ बजे मेलवर्नमा सुरु हुनेछ । आजको खेलमा दक्षिण अफ्रिका र भारत विजयी भएमा नेट रनरेटको आधारमा समूह विजेता र उपविजेता हुनेछन् । सुपर १२ को समूह ‘१’ बाट न्युजिल्यान्ड र इङ्ल्यान्ड सेमिफाइनलमा पुगेका छन् । आयोजक अस्ट्रेलिया बाहिरिएको छ । टी–२० विश्व कप क्रिकेटको फाइनल खेल नोभेम्बर १३ मा मेलवर्नमा हुनेछ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP