काठमाडौं : सानिमा बैंकले दराजसँग ‘दराज ११.११’ मा विशेष छुट दिने सहकार्य गरेको छ।

यस योजना अवधिभर ग्राहकहरूले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरूले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २ हजार ५०० रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम ३ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ।

यो योजनामा सीमित छुट मात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइने समेत बैंकले बताएको छ। छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर संकलन गर्नु पर्नेछ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने बताइएको छ। 

बैंकका अनुसार यो योजना कात्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म (७ दिन) का लागि लागू हुनेछ।

बैंकको देशका सातै प्रदेशमा १२९ वटा कार्यालय तथा १२२ वटा एटिएम सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP