Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

काठमाडौं : आइसिसी टी-२० पुरुष विश्वकप क्रिकेटको फाइनलमा इंग्ल्यान्डले उपाधि जित्नका लागि १ सय ३८ रनको लक्ष्य पाएको छ।

अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय  ३७ रनमात्र बनाएपछि इंग्ल्याण्डले १ सय ३८ रनको लक्ष्य पाएको हो।

पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन बनाए भने कप्तान बाबर आजम ३२ रन बनाएर आउट भए। मोहम्मद रिजवानले १५ रन बनाए भने ​शादाब खानले २० रन बनाए। पाकिस्तानको विकेट निरन्तर झरिरहँदा मोहम्मद ह्यारिसले ८ रन, मोहम्मद वासिमले ४ रन, मोहम्मद नवाजले ३ रनमात्र बनाउन सके। इफ्तिखार अहमद कुनै रन नबनाई शून्यमै आउट भए।

शाहिन शाह अफ्रिदी ५ रनमा अविजित रहे भने ह्यारिस रउफ १ रनमा अविजित रहेपछि पछि निर्धारित २० ओभरमा पाकिस्तानको स्कोर ८ विकेटको क्षतिमा १ सय ३७ रनमात्र रह्यो।

इंग्ल्यान्डका साम करनले ३ विकेट लिए। घातक बलिङ गरेका उनले त्यसका लागि ४ ओभरमा १२ रनमात्र दिए। 

क्रिस जार्डन र आदील राशिदले २/२ विकेट लिए भने बेन स्टोक्सले १ विकेट लिए।

उपाधि जित्ने सुरमा मैदानमा उत्रिएका दुवै टोलीबीच आज कडा प्रतिस्पर्धा भए पनि पाकिस्तानको ब्याटिङ भने नचल्दा ऊ शुरुमा इंग्ल्याण्डको विकेट झारेर खेलमा फर्कनुपर्ने दबाबमा ५। 

दुवैमध्ये उपाधि जसले जिते पनि ऊ दोस्रो पटक विश्वकप विजेता हुनेछ।

इंग्ल्यान्डले भारतलाई र पाकिस्तानले न्युजिल्याण्डलाई पराजित गर्दै फाइनलमा पुगेका हुन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP