‘सी’ डिभिजन लिग आउँदो वैशाख २२ गतेदेखि सुरु हुने

काठमाण्डाै – शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आउँदो वैशाख २२ गतेदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले क्लबसँगको छलफलपछि हिजो मिति तय गरेको हो ।

एन्फाले ‘सी’ डिभिजन क्लबलाई दिने तयारी खर्चको रकम समेत बढाएको छ । एन्फाले अब तयारी स्वरूप ‘सी’ डिभिजन खेल्ने क्लबलाई ११ लाख रुपैयाँ उपलब्ध गराउने छ । यसअघि हरेक क्लबले ९ लाख ५० हजार रुपैयाँ पाउँदै आएका थिए ।

एन्फाले ‘बी’ डिभिजन क्लबसँग समेत छलफल गरेको थियो । तर मिति भने तय हुन सकेको छैन । एन्फाले गएको कात्तिक २१ गते शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल पुस २६ गतेदेखि सुरु गर्ने निर्णय गरिसकेको छ । ‘ए’ डिभिजन लिग आउँदो पुस २६ गतेदेखि जेठ २० गतेसम्म हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP