Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

विश्वकपमा यो पटक वेल्सलाई छाड्ने हो भने लामो समयपछि विश्वकपमा स्थान बनाएको अर्को देश हो- क्यानडा।

करिब ३६ वर्षपछि विश्वकपमा स्थान बनाउँदै गर्दा क्यानडा अल्फोन्स डेभिसमाथि भर परेको छ। अल-रायन रंगशालामा अहिले स्वर्णिम पुस्ता मानिने बेल्जियमविरुद्ध २३ नोभेम्बरमा मैदानमा उत्रिँदै गर्दा आफ्नो छवि एक स्थानमाथि पुर्‍याउने लक्ष्यमा क्यानडा रहनेछ। 

किशोर अवस्थाबाटै शानदार प्रदर्शन गर्दै आएका डेभिसको पारिवारिक संघर्षको कथा भने हृदयविदारक छ तर उनको सपना फक्रिन भने धेरै समय लागेन।

डेभिसको परिवार सन् १९९० को दशकमा भएको लाइबेरियाको गृहयुद्धको चपेटामा परेको थियो। डेभिसको परिवार त्यसपछि उनको परिवार घानाको शरणार्थी शिविरमा भएकै समयमा उनको जन्म भयो।

अनेकन अभावबीच शरणार्थी शिविरमा नारकीय बाल्यकाल भोगेका डेभिसबारे उनकी आमा भिक्टोरिया भन्छिन्‚ ‘जब हामी खानाका लागि लाइनमा हुन्थ्यौं, हामीले लाशहरूमाथि टेकेर हिँड्नुपर्थ्यो।’

उनको बेचैनी लामो समय रहन पाएन। जब परिवार क्यानडा बसाइ सर्‍यो त्यसपछि उनीहरूको जीवनले फरक मोड लियो। 

प्राथमिक स्कुलमा डेभिसले फुटबलमा आफ्नो प्रतिभा देखाएपछि उनको कला चिन्न स्कुलले धेरै समय लगाएन। उनी स्कुलपछि हुने फुटबल लिग ‘फ्रि–फुटी’ मा आबद्ध भए।

त्यसपछि उनी एडमन्टनस्थित फुटबल एकेडेमीमा आबद्ध  भए। १४ वर्षको किशोर वयमै उनले आफ्नो क्षमता मुखरित गर्दै क्लबहरूमा अनुबन्धित भएका थिए। 

अहिले २२ वर्षका युवा भए पनि उनको अनुभव भने लामो करियर बिताएका खेलाडीकोभन्दा कम छैन। साथै उनले क्लब करिअरमा पनि निरन्तर उपाधि उचालिसकेका छन्। चारपल्ट बुन्डेसलिगाको उपाधि जितेका उनले फिफा क्लब विश्वकपको उपाधि पनि जितेका छन्। 

त्यसो त उनले १५ वर्ष ८ महिनाको हुँदा एमएलएस खेल्ने क्यानडाको कान्छो खेलाडीको उपमा पाएका थिए। क्यानडाको नागरिकता पाएसँगै उनी १६ वर्ष ७ महिनामा नै राष्ट्रिय टिममा पर्दै राष्ट्रिय टिममा स्थान बनाउने क्यानडाको सर्वाधिक कान्छो खेलाडी बने।

सन् २०१८ मा डेभिस कीर्तिमानी २ करोड २० लाख मूल्यमा वार्यन म्युनिखमा आबद्ध भए। त्यसपछि उनले करिअरमा पछि फर्किनु परेको छैन।

यसबीच उनी केही चोटका कारण मैदानबाहिर रहे तर अहिले विश्वकपका लागि फिट भएको क्यानडाका प्रशिक्षक जोन हर्डम्यान बताउँछन्। हर्डम्यान भन्छन्‚  ‘उनी यो टिमका लागि सबथोक दिन तयार छन्। आत्मविश्वासले ओतप्रोत छन् सबथोक सम्भव भएको गरेरै देखाउन चाहन्छन्।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP