Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

काठमाडौं : न्युजिल्याण्ड भ्रमणमा रहेको भारतले दोस्रो टी-२० मा ६५ रनको जित निकालेको छ।

१ सय ९२ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड १ सय २६ रनमा समेटिँदा भारतले जारी शृंखलामा १-० ले अग्रता लिएको हो। 

टस हारेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो। भारतका लागि सूर्यकुमार यादवले शतकीय पारी खेल्दै १ सय ११ रन बनाए। ५१ बलको सामना गरेका उनले ११ चौका र ७ छक्का प्रहार गरेका थिए।

सूर्यकुमारबाहेक भारतका लागि इशान किसनले ३६ तथा श्रेयस ऐय्यर र हार्दिक पाण्ड्याले १३/१३ रन बनाए।

न्युजिल्याण्डका टिम साउदीले ह्याट्रिक गर्दा लकी फर्गुसनले २ विकेट लिए। 

१ सय ९२ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले दोस्रो बलमै पहिलो विकेट गुमाएको थियो। कप्तान केन विलियम्सन ६१ र डेभोन कन्वेले २५ रन बनाउनुबाहेक अन्यले राम्रो रन जोड्न सकेनन्। ५२ बलको सामना गरेका विलियम्सनले २ छक्का र ४ चौका प्रहार गरेका थिए। 

न्युजिल्याण्डलाई सस्तोमा समेट्न भारतका दीपक हुडाले ४ तथा मोहम्मद सिराज र यजुर्वेन्द्र चहलले २/२ विकेट लिएका थिए।

वर्षाका कारण शृंखलाको पहिलो खेल रद्द भएको थियो भने तेस्रो तथा अन्तिम खेल मंगलबार खेलिनेछ।

त्यसपछि भारत र न्युजिल्याण्डले ३ खेलको एकदिवसीय शृंखला खेल्नेछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP