Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

काठमाडौं : बीमा कम्पनीहरुले कोरोना बिमाको भुक्तानी सुरु गरेका छन्। 

करिब डेढ वर्षदेखि रोकिएको बिमा बापतको रकम मंगलबारदेखि भुक्तान गर्न सुरु भएको हो। पहिलो चरणमा करिब १६ हजार बिमितले यस्तो भुक्तानी पाउने बिमा प्राधिकरणले जनाएको छ।  सरकारले १ अर्ब १४ करोड रुपैयाँ कोरोना बिमा कोषमा पठाएसँगै भुक्तानी प्रक्रिया अघि बढेको हो।

बिमा कम्पनीले ४५ करोड जम्मा गरे पनि करिब २१ करोड दायित्व भएको पुनर्बिमा कम्पनीले भने अझै कोषमा रकम पठाएको छैन। 

पुनर्बिमाले रकम पठाएपछि थप दुई हजारले पनि रकम पाउने छन्। अहिले भुक्तान पाउनेहरुको सूची विभिन्न बिमा कम्पनीले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेका छन्।

‘जहाँ तपाईंले बिमा गर्नु भएको थियो । त्यही बिमा कम्पनीबाटै रकम वितरण हुन्छ। कसकसले पाउने हो सबै विवरण वेबसाइटमा राखिदिएको हुन्छ,’ बिमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले भने, ‘ पीसीआर पोजेटिभ भएको र दर्ता मितिलाई पहिलो प्राथमिकता दिन्छौँ। त्यही प्राथमिकताअनुसार बाँड्छौँ। र अहिले चाहिँ हामीले सर्वसाधारण नागरिकलाई दिन्छौँ भनेर भनिसकेका छौँ।’

अहिले सरकारी कर्मचारी र संस्थाले नै बिमा गरिदिएका निजी क्षेत्रका कर्मचारीले भने रकम पाउने छैनन्। कुल साढे १२ अर्ब बराबरको रकममध्ये अहिले १ अर्ब ८१ करोड मात्रै भुक्तानी हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP