
एजेन्सी । विश्वकप फुटबलमा मेक्सिकोले साउदी अरेबियामाथि जित निकालेको छ। कतारका लुसाइल स्टेडियममा गएराति मेक्सिकोले साउदी अरेबियालाई २–१ गोल अन्तरले हराएको हो।
खेलको ४७ औँ मिनेटमा हेनरी मार्टिनले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए। ५२ औँ मिनेटमा लुईस चाभेजले गोल गर्दै मेक्सिकोलाई २–० को अग्रता दिए।
खेलको इन्जुरी समयमा साउदीका सलिम अल्दावसरीले गोल गरे। साउदीमाथि २–१ को जित निकाले पनि मेक्सिको समूह चरणबाट बाहिरिएको छ। समूह ‘सी’ को मेक्सिको ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रह्यो।
साउदी ३ अंक जोडेर पुछारमा रह्यो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया