Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

मोरक्को, क्रोएसिया, जापान र स्पेन विश्व कप फुटबलको अन्तिम १६ मा

नकआउट चरण पुग्ने समीकरण पक्का भएको छ ।

अन्तिम खेलमा जापान र जर्मनीले जित हासिल गरे । जापानले स्पेनलाई २–१ गोलले पराजित गर्दै समूहको शीर्षस्थानमा रहेर अन्तिम–१६ मा पुग्यो । स्पेन पराजित भए पनि जर्मनीसँग गोलअन्तरमा अघि रहँदा नकआउट चरणमा पुग्न सफल भयो । जर्मनीले अन्तिम खेलमा कोस्टारिकालाई ४–२ गोलले हराए पनि अघि बढ्न सकेन ।

जापान ६ अङ्कसहित समूहको शीर्षस्थानमा रहेर नकआउट चरण प्रवेश गरेको छ । स्पेन ४ अङ्क जोड्दै समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनाउन सफल रह्यो । जर्मनी ४ अङ्क जोडे पनि गोल अन्तरमा स्पेनभन्दा पछि रह्यो । स्पेनको गोल अन्तर +६ तथा जर्मनी +१ मा रह्यो । कोस्टारिका ३ अङ्ककासाथ चौथो हुँदै बाहिरियो । समूहमा पहिलो खेलको नतिजाले समीकरणमा निकै ठूलो भूमिका खेल्यो । जापानले पहिलो खेलमा जर्मनीलाई २–१ ले हराएको थियो । स्पेनले पहिलो खेलमा कोस्टारिकालाई ७–० गोलले पराजित गरेको थियो । 

गएराति भएको खेलमा अफ्रिकी देश मोरक्को नकआउट चरणमा प्रवेश गरेको छ । अन्तिम खेलमा क्यानडालाई पराजित गरी मोरक्को समूह ‘एफ’ को विजेता बन्दै अन्तिम–१६ मा प्रवेश गरेको हो । मोरक्कोले क्यानडालाई २–१ गोलले हरायो । क्यानडाले आत्मघाती गोलको उपहार पाएको थियो ।

त्यस्तै अर्को खेलमा क्रोएसिया नकआउट चरणमा प्रवेश गरेको छ । बेल्जियमलाई गोलरहित बराबरीमा रोकेपछि क्रोएसिया समूहको उपविजेता बन्दै अन्तिम–१६ मा प्रवेश गरेको हो । गोलरहित बराबरी खेलेपछि बेल्जियम बाहिरियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP