क्यामरुनसँग पराजित भए पनि ब्राजिल समूह विजेता बन्दै विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।

शुक्रबार राति क्यामरुनसँग १–० ले पराजित भए पनि ब्राजिल समूह विजेताको रुपमा राउण्ड अफ १६ मा पुगेको हो।

कतारको लुसिअल स्टेडियममा क्यामरुनलाई जित दिलाउन भिन्सेन्ट अबुबाकरले गोल गरे। उनले खेलको इन्जुरी समयमा गोल गरेका हुन्।

त्यसअघि क्यामरुनविरुद्ध ब्राजिलले गोल गर्ने केही अवसर गुमाएको थियो। क्यामरुनले पनि गोलको केही अवसरको सदुपयोग गर्न सकेन।

यससँगै तीन खेलमा ६ अंक जोडेर ब्राजिल शीर्ष स्थानमा रह्यो। तीन खेलमा ४ अंक जोडे पनि क्यामरुन समूह चरणबाट बाहिरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP