Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

काठमाडौं : पछिल्लो दशकका सबैभन्दा चर्चित ३ खेलाडी लियोनेल मेसी, क्रिस्चियानो रोनाल्डो र नेइमार जुनियर करिअरको अन्तिम विश्वकप खेलिरहेका छन्।

३५ वर्षीय मेसी, ३७ वर्षीय रोनाल्डो र ३० वर्षीय नेइमारले सन् २०२६ को विश्वकपअघि नै अन्तरराष्ट्रिय फुटबलबाट अवकाश लिने बताइसकेका छन्। 

क्लब फुटबलमा निकै सफल मानिएका र आ-आफ्ना क्लबलाई धेरै वटा उपाधि जिताएका तीनै जना खेलाडीले आफ्नो देशलाई विश्वकप भने जिताउन सकेका छैनन्। यो पटक उनीहरू तीनै जना उपाधिबाट ३ खेलमात्र टाढा छन्।

मेसीले नेतृत्व गरिरहेको अर्जेन्टिना, रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगल र नेइमारको ब्राजिलले कतारमा जारी विश्वकप फुटबलको अन्तिम ८ मा स्थान बनाएका छन्।

समूह सी को विजेताको रुपमा अर्जेन्टिना, समूह जी को विजेताको रुपमा पोर्चुगल र समूह एच विजेताको रुपमा ब्राजिल अन्तिम १६ मा प्रवेश गरेका थिए।

समूह चरणका खेलमा २ जित र १ हार बेहोरेका तीनवटै टोलीले क्रमशः अष्ट्रेलिया, स्विट्जरल्याण्ड र दक्षिण कोरियालाई हराउँदै क्वार्टर फाइनल प्रवेश गरेका हुन्।

मेसी र रोनाल्डो आ-आफ्नो देशका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् भने नेइमार ब्राजिलका लागि सर्वाधिक गोल गर्ने खेलाडीमा फुटबलका हस्ती पेलेभन्दा पछाडि छन्।

चलिरहेको विश्वकपमा मेसीले ३ गोल गरेका छन् भने रोनाल्डो र नेइमारले १/१ गोल गरेका छन्।

तीनै जना खेलाडी यति वेला विश्वकपको उपाधिभन्दा ३ खेलमात्र पर छन्। क्वार्टर फाइनल, सेमिफाइनल र फाइनल गरी लगातार ३ जित निकाल्न सक्ने टोलीले नै विश्वकपको उपाधि उचाल्नेछ।

क्वार्टर फाइनलमा अर्जेन्टिना, पोर्चुगल र ब्राजिल क्रमशः प्रतियोगिताका अपराजित टोली नेदरल्याण्ड्स, मोरक्को र क्रोएसियासँग भिड्दै छन्। यीबाहेक फ्रान्स र इंल्याण्डले सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दै छन्।

शुक्रबारदेखि प्रतियोगिताको क्वार्टर फाइनलका खेल खेलाइनेछ। यसअघि रुसमा सन् २०१८ मा भएको विश्वकप फ्रान्सले जितेको थियो भने त्यसअघि सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको उपाधि जर्मनीले उचालेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP