Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

काठमाडौं : कतार विश्वकपमा आजदेखि  क्वार्टरफाइनलका खेल सुरु हुने भएका छन्।  आज साँझ पौने ९ बजे हुने खेलमा ब्राजिल र क्रोएसिया भिड्दै छन्। 

दक्षिण अमेरिकी राष्ट्र ब्राजिल विश्वकपको इतिहासमा सबैभन्दा सफल राष्ट्रिय टोली हो, जसले पाँच पटक उपाधि जितेको छ। ब्राजिल एकमात्र यस्तो टोली हो जसले फिफा विश्वकपका सबै संस्करणमा खेलेको छ। २२ औं संस्करणको विश्वकपसम्म आईपुग्दा ब्राजिलले १ सय १० खेलबाट ७४ जित र १८ हार ब्यहोरेको छ। 

ब्रजिलले अहिलेसम्म ७ पटक फाइनल खेल खेलेको छ। ब्रजिललाई हरेक पटक उपाधि जित्ने प्रत्यासी टोलीका रूपमा लिइन्छ। 

ब्राजिललाई चुनौती दिइरहेको टोली क्रोएसिया सन् १९९८ मा पहिलो पटक विश्वकपमा सहभागिता जनाएको थियो। पहिलो सहभागितामै उत्कृष्ट प्रर्दशन गर्दै सेमिफाइनलसम्म पुगेको थियो। 

क्रोएसियाले सेमिफाइनलमा नेदरल्यान्ड्ससँग २–१ को हार व्यहोर्‍यो। सन् २०१० को विश्वकपमा क्वालिफाइड समेत नभएको क्रेएसिया सन् २०१८ को उपविजेता थियो। क्रोएसियाले अन्तिम १६ मा जापानलाई पेनाल्टीमा स्तब्ध पार्दे अन्तिम १६ मा स्थान बनाएको हो। 

यस्तै आजै राति पौने एक बजे अर्जेन्टिना र नेदरल्याण्ड भिड्नेछन्।  यो खेल पनि रोमाञ्चक हुने अनुमान गरिएको छ।  सन् १९३० मा भएको विश्वकपको पहिलो संस्करणमै सहभागी युरोपेली राष्ट्र नेदरल्यान्ड्सले सन् १९७४ को विश्वकपको फाइनलमा वेस्ट जर्मनी, सन् १९७८ को विश्वकपको फाइनलमा अर्जेन्टिना र सन् २०१० को फाइनलमा स्पेनसँग पराजित भएको इतिहास छ। 

अर्को दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना सन् १९७८ र १९८६ मा भएको विश्वकपको विजेता हो। सन् १९३० मा भएको विश्वकपको पहिलो संस्करणको अर्जेन्टिना उपविजेता राष्ट्र हो। 

 सन् १९७० को विश्वकपमा छनोट नै नभएको अर्जेन्टिनाले अहिलेसम्म विश्वकपमा ८१ खेल खेलेका छन् । जसमा ४७ जित, १० बराबरी र २४ हार ब्यहोरेको छ।

यस पटकको अन्तिम आठमा दुई दक्षिण अमेरिकी, एक अफ्रिकी र पाँच युरोपेली देशले स्थान बनाएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP