Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एजेन्सीअर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

गएराति लुसाइल स्टेडियममा भएको दोस्रो क्वार्टरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै अर्जेन्टिना अन्तिम चारमा पुगेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा समेत २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको हो।

रोमाञ्चक खेलमा अर्जेन्टिनाले सुरुआती अग्रता बनाएको थियो। खेलको ३५ औँ मिनेटमा नहुएल मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए। खेलको ७३ औँ मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता बनाए।

खेलको ८३ औँ मिनेटमा सब्सिच्युड खेलाडीको रूपमा मैदान प्रवेश गरेका वोउट वेघोर्स्टले गोल गर्दै नेदरल्याण्ड्सलाई २–१ मा ल्याए। खेलको इन्जुरी समयमा बेघोर्स्टले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकियो। 

त्यसपछि खेल पेनाल्टीमा गएको थियो। अर्जेन्टिनाका लियोनल मेस्सी, गोन्जालो मोन्टिल, लिन्ड्रो पारेडेस र लाउटरो मार्टिनेजले पेनाल्टीमा गोल गरे। अर्जेन्टिनाका एन्जो फर्नान्डेज पेनाल्टीमा चुके।

पेनाल्टीमा नेदरल्याण्ड्सका बोउट वेघोर्स्ट, लुक डी योङ र टुन कुपमाइनर्सले गोल गरे। भिर्गिल भान डाइक र स्टिभन बेर्घुइसले भने गोल गर्न सकेनन्।

अर्जेन्टिनाले अब सेमिफाइनलमा क्रोएसियाको सामना गर्नेछ। यसअघि ब्राजिललाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएसिया अन्तिम चारमा पुगिसकेको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP