Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

इरानले एक फुटबलरलाई मृत्युदण्ड सजाय सुनाएको छ। इरानी प्रोफेसनल फुटबल खेलाडी  अमिर नसर अजदानीलाई महिला अधिकारको पक्षमा भएको प्रदर्शनमा सहभागिता जनाएको भन्दै मृत्युदण्डको सजाय सुनाएको हो। गत नोभेम्बरमा भएको राष्ट्रव्यापी प्रदर्शनमा फुटबलर २६ वर्षीय अजदानी पक्राउ परेका थिए।​ 

हिजाब नलगाइ सार्वजनिक स्थलमा निस्किएको आरोपमा इरानी प्रहरीले गत नोभेम्बरमा मासा अमिनीलाई पक्राउ गरेको थियो। पक्राउ परेको केही दिनमा उनको शंकास्पद मृत्यु भएपछि इरानमा महिला अधिकार र आधारभूत स्वतन्त्रताको पक्षमा व्यापक जनप्रदर्शन भएका थिए। 

प्रदर्शनका क्रममा केही प्रहरीका सहयोगीको समेत मृत्यु हुँदा त्यसमा संलग्न भएको आरोपमा अजदानी नोभेम्बर १६ मा पक्राउ परेका थिए। उनीमाथि ‘भगवानविरुद्ध युद्ध मच्चाएको’ आरोप लागेको थियो। सजायस्वरूप उनलाई मृत्युदण्डको सजाय गरिएको हो। ​

नेदरल्याण्ड्समा रहेको अन्तर्राष्ट्रिय व्यावसायिक फुटबल खेलाडी संघ (फिफप्रो)ले यो समाचारले आश्चर्यचकित भएको बताएको छ।  एक वक्तव्य निकाल्दै उसले इरानको यो कदमको कडा आलोचना गरेको छ। उनलाई मृत्युदण्ड दिने फैसला तत्काल फिर्ता गर्नसमेत माग गरेको छ।

अजदानीले पर्सियनल गल्फ प्रो लिगमा ट्र्याक्टरबाट व्यावसायिक फुटबल खेलेका थिए। सन् २०१७ यता उनी व्यावसायिक खेलमा देखिएका थिएनन्। उनीसहित २८ जनालाई यही मुद्दामा मृत्युदण्डको घोषणा भएको छ। पछिल्ला दिनमा उक्त प्रदर्शनमा सहभागीहरूलाई हरेक दिनजसो मृत्युदण्डको सजाय हुने गरेको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP