काठमाडौं : कतारमा जारी फिफा विश्वकपमा साबिक उपविजेता क्रोएसिया यसपटक तेस्रो बनेको छ।  मोरक्कोलाई २-१ ले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो।

खालिफा रंगशालामा शनिबार रातिको खेलमा क्रोएसियाको तर्फबाट जोस्को ग्वार्डियोलले पहिलो गोल गरेका थिए। उनले खेलको सातौं मिनेटमा गोल गरेका हुन्।

खेलको नवौं मिनेटमा आच्रफ डारीले मोरक्कको तर्फबाट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।  ४२ औं मिनेटमा गोल गर्दै मिस्लाभ ओर्सिचले क्रोएसियालाई अग्रता दिलाए।

दास्रो हाफमा दुवै टिमले गोल गर्न सकेनन्। ओर्सिचको गोल नै क्रोएसियाको जितका लागि निर्णायक बन्यो। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP