Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

चिसोसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थाले

काठमाण्डाै – देशभर चिसो बढ्न थालेसँगै रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढ्न थालेका छन् । केही दिनदेखि तराईमा हुस्सु र कुहिरोले ढाक्न थालेको छ । हुस्सुसँगै चिसो पनि बढेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा पनि पुस लागेपछि चिसो बढेको छ ।

विशेषगरी नवलपरासी, कपिलवस्तु, दाङ, बाँके, बर्दियालगायत तराईका जिल्लामा केही दिनदेखि चिसोका बिरामी बढ्न थालेका छन् । रुघाखोकी, श्वासप्रश्वासका बिरामी पनि बढ्न थालेको डाक्टरले बताएका छन् । चिसोका कारण बिरामी भएर उपचारका लागि अस्पताल पुग्नेहरु बढेका छन् ।

रुपन्देहीको भीम अस्पताल भैरहवाका मेडिकल सुपरिन्टेन्डेन्ट डा. शकुन्तला गुप्ताका अनुसार श्वासप्रश्वास, दम र रुघाखोकीका बिरामी आउने क्रम बढ्दो छ । बिरामीको सङ्ख्या बढेसँगै चिसोबाट जोगिन र स्वास्थ्य सावधानी अपनाउन डा. गुप्ताको आग्रह छ ।

चिसो ह्वात्तै बढेकाले वृद्धवृद्धा साथै बालबालिकालाई थप सचेत हुन, न्याना लुगा लगाउन, तातो खानेकुरा खान, मर्निङवाक गर्नेहरुलाई पनि सावधानी अपनाउन डाक्टरको सुझाव छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP