Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

काठमाडौं : फुटबल तथ्यांकहरुको विश्लेषण गर्ने बेवसाइट ओप्टा एनालिस्टले विश्वका उत्कृष्ट ११ फुटबलर चयन गरेको छ। 

खेलाडीको प्रस्तुतिलाई विश्लेषण गरेर ओप्टाले टीम अफ द टुर्नामेन्ट जारी गरेको हो। यसरी छानिएका खेलाडीमध्ये उत्कृष्ट गोल किपरमा क्रोएसियाका डोमिनिक लिभकोभिक परेका छन्। उनले विश्वकपमा हरेक खेलमा औसत ३.५ सेभ गरे जुन सबैभन्दा धेरै हो। 

यस्तै मोरक्कोका अशरफ हाकिमी राइट ब्याक डिफेन्डर पोजिसनका लागि छनोट भएका छन्। हाकिमीले विश्वकप फुटबलमा सबैभन्दा धेरै २६ ट्याकल गरेका थिए। यस्तै सेन्ट्रल डिफेन्डरमा ब्राजिलका मारक्विनहोस परेका छन्।

क्रोएसियाका डिफेन्डर गार्डियोल, फ्रान्सका लेफ्ट ब्याक डिफेन्डर थियो हर्नान्डेज, अर्जेन्टिनाका फर्नान्डेज चयन भएका छन्। मिडिफिल्डरमा फ्रान्सका अरेलियन चौमेनी, एन्टोइन ग्रिजम्यानलाई छनौट गर्दा फरवार्डमा अर्जेन्टिनाका लियोनेल मेसी, जुलियन अल्भारेज र फ्रान्सका किलियन एमबाप्पेलाई छनौट गरिएको छ।  सन् २०२२ को विश्वकपमा मेसीले गोलतर्फ अधिकतम ३२ शट प्रहार गरेका थिए। यस विश्वकपमा मेस्सीले ७ गोल र ३ असिस्ट गरेका छन्। 

२२ वर्षीय जुलियन अल्भारेजले यो विश्वकपमा ४ गोल गरेका छन्। अल्भारेजले क्रोएसियाविरुद्ध दुई गोल गरेका थिए । फ्रान्सका स्टार खेलाडी केलियन एमबाप्पेले सन् २०२२ को विश्वकपमा सबैभन्दा धेरै (८) गोल गरेका छन्। साथै, उनले सबैभन्दा बढी २५ ड्रिबल पूरा गरेका छन्।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP